काठमाडौ भित्रिने कयौ मानिसहरु क्वारेन्टिनमा बसेका छन त ?
काठमाडौं, असार १२ कोरोना भाइरसको संक्रमण नेपालमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ ।सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी खुकुलो बनाएसँगै सर्वसाधारण नागरिक काठमाडौं उपत्यका भित्रने क्रम बढेको छ । तर, उपत्यका भित्रनेहरूलाई स्थानीय तहले क्वारेन्टिनमा राख्ने कुनै व्यवस्था गरेका छैनन् ।काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वर डंगोल महानगरअन्तर्गत एउटा पनि क्वारेन्टिन नभएको बताउछन
‘हामीसँग एउटा पनि क्वारेन्टिन छैन, यहाँ दिनमा हजारौ बढी मानिस भित्रिएका छन् । एउटा वडामा सरदर ४ हजार आउने देखिन्छ, जनशक्ति अभावमा क्वारेन्टिन बनाउन सकिएको छैन,’ उनले भने ।
उनले प्रदेश र केन्द्र सरकारलाई आफूहरूले क्वारेन्टिन बनाउने तर त्यसको रेखदेख गर्ने जनशक्ति माग गर्दा सहयोग नपाएको गुनासो गरे । ‘हामी क्वारेन्टिन बनाउँछौं तर त्यसका लागि चाहिने चिकित्सकसहितको जनशक्ति दिन प¥यो भनेर प्रदेश र केन्द्र सरकारलाई भन्यौं । तर, केही सहयोग भएन,’ उनले भने ।
उनी काठमाडौं आउनेहरूलाई पिसिआर गर्ने हो भने महानगरपालिकाको बजेटले पनि नपुग्ने बताउँछन् । काठमाडौं महानगरपालिकाको मात्रै यस्तो हालत भने होइन, काठमाडौं उपत्यकाका सबै स्थानीय तहको उस्तै अवस्था छ ।
काठमाडौं उपत्यमा क्वारेन्टिन नभएकै कारण पछिल्लो समय कोरोना संक्रमित जिल्लाबाट उपत्यका भित्रिएकाहरू क्वारेन्टिन नबसी र कुनै परीक्षण नै नगरी आफ्नो कोठा पुगेर सिधै समुदायमा घुलमिल भइरहेको पाइएको छ ।
No comments:
Post a Comment