#कोरोना भाइरस <Coronavirus#

#Stay home Stay Safe#

आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस
(Coronavirus) नामकरण गरेका थिए।
कोरोना भाइरस पशुपंक्षी र सी फुडको माध्यमबाट सर्ने गर्छ । यो भाइरसले मानिसहरुमा सहजै सर्ने गुण बोकेको हुन्छ । विशेषगरी एउटै परिवारका सदस्यहरु बिरामी भएको अवस्थामा भने एकबाट अर्काेमा काेराेना भाइरसकाे संक्रमण हुने संभावना उच्च हुनेगर्छ ।
काेराेना भाइरस संक्रमणका लक्षण
–
रुघा खोकी लाग्नु,
–
१०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु
–
श्वासप्रश्वासमा अत्याधिक समस्या हुनु,
–
घाँटी, टाउको तथा जिउ दुख्ने
–
निमोनिया हुनु,
–
सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।
कसरी बच्ने ?
यो भाइरसविरुद्ध हालसम्म कुनै खोप उपलब्ध
छैन ।
– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
–
नियमित साबुन पानीले हात धुने,
–
खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
–
जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
–
अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
–
फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने
नेपालमा स्वास्थ्य मन्त्रालयले निम्नलिखित नम्बरमा फोन गरेर सल्लाह लिने सुविधा दिएको छः
•१११५ र ११३३ (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म)
•९८५१-२५५-८३४, ९८५१-२५५-८३७ र ९८५१-२५५-८३९ (बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म)
No comments:
Post a Comment