परिचय
ब्रेन स्ट्रोक अथवा मस्तिष्कघात एउटा आपतकालिन अवस्था हो । हृदयाघातको बारेमा प्राय मानिसमा ज्ञान भएता पनि मस्तिष्कघात बारे कमै मात्रमा जानकारी छ । हृदयाघात र मस्तिष्कघात प्राय उस्तै प्रकृतिवाट हुन्छ तर । हृदयाघातले तत्काल मृत्यु हुने सम्भावना धेरै हुन्छ भने मस्तिष्कघातले लामो समयसम्म जीवन जिउनसमेत बाध्य पार्न सकछ , परिवारको जीवन समेत क्षेत—बिक्षेत पारिदिन्छ ।
मस्तिष्कघात भनेको हृदयाघात जस्तै नै हो । मुटुमा आउने अट्याक र मस्तिष्कमा आउने अट्याकको कारण लगभग उस्तै नै हुन्छ । फरक के छ भने, मस्तिष्कघात हँुदा दुख्दैन । हृदयाघात हुदाचाँहि छातिमा एकदमै दुख्छ । मस्तिष्कघात दुई किसिमको हुन्छ । एउटा हो मस्तिष्कको कुनै भागमा रगतको कमी भएर हुने र अर्कोचाँहि रगत बढि भएर हुने । केहि गरी गिदीमा रगत लाने नसा जाम (ब्लक) भयो र रगत प्रवाह हुन सकेन भने त्यसलाई इस्केमिक स्ट्रोक भनिन्छ ।
मस्तिष्कघात अथवा स्ट्रोकको उपचारमा सबैभन्दा महत्वपूर्ण समय हो । तसर्थ ूत्ष्mभ ष्क द्यचबष्लू पनि भन्ने गरिन्छ किनकि हामीले यसको लक्षण थाहा पाएको समयबाट जति सक्दो छिटो ऋत् क्अबल सुविधा भएको अस्पताल लगी उपचार गरियो भने मस्तिष्कलाई ठूलो क्षेतिबाट जोगाउन सक्छौ । त्यसकारण मस्तिष्कघात भएको साढे चार घण्टा वा सो जति छिटो पुग्न सक्यो त्यतिनै क्षेति कम र लाभ बढी हुन्छ । हामीले यो महत्वपूर्ण समयमा टीपीए ९त्एब्० नामक बिशेष औषधि पिएर बे्रन स्ट्रोकको कारण हुन सक्ने क्षति कम गर्न सक्छौ । यसलाई थ्रोम्बोलाईसिस त्जचयmदयथिकष्क पनि भनिन्छ । ब्लक भएको मस्तिष्कको नसा खोल्ने प्रयोग हुने थ्रोम्बोलाइसिस हो । यदि साढे चार घण्टा भित्र बिरामी अस्पताल पुग्न सकेन भने आतिनु पर्दैन । मस्तिष्कमा रगत जमेको चोक्टा देखियो भने २४ घण्टाभित्र मस्तिष्कमा तार दिएर चोक्टा निकाल्ने प्रविधि पनि हाल नेपालमा आइसकेको छ । यस प्रविधि न्यूरो इन्टरनेन्सन भन्ने गरिन्छ । यो सुविधा हाल अन्नपूर्ण न्यूरो अस्पतालमा पनि उपलब्ध रहेको छ ।
No comments:
Post a Comment