Technology&Artificial

#Happy Guru Purnima # गुरु पूर्णिमा शुभकामना#

#Happy Guru Purnima # गुरु पूर्णिमा शुभकामना#

हिन्दु र बौद्ध धर्म मान्नेहरुले आजको दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउँछन्। 

आज, आफ्ना गुरुहरुलाई सम्मान गर्ने हैन त आज? विदेशतिर हुनुहुन्छ भने आज त हाम्रो संस्कृति अनुसारको टिचर्स डे भन्दै शुभकामना दिने दिन हो ?


गौतमबुद्धले आफ्नो ज्ञानको पहिलो उपदेश आजकै दिन दिनुभएकाले यस दिनलाई धर्मचक्र प्रवर्तन दिवसका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने गरिआएका छन् । 
आजका दिन गुरुका रूपमा ज्ञानको पूजा गरिन्छ । द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि परासर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो।
संस्कृत भाषामा ‘गु’को अर्थ अन्धकार र ‘रु’ को अर्थ नष्ट गर्ने हो। आफ्ना शिष्यलाई उज्यालो ज्ञानको शिक्षा प्रदान गरेर उनीहरूमा रहेको अन्धकाररूपी अज्ञानता हटाउने गुरुलाई ब्रह्मा, विष्णु, महेश्वर र साक्षात् परब्रह्मस्वरूप मानिन्छ।

हिन्दु मान्यताअनुसार सङ्गीतलगायत ६४ कला सिकाउने गायत्री–दीक्षा मन्त्र–वेदमन्त्र दिने आचार्य, उमेर–बुद्धि–बल–अनुभवले पाका व्यक्ति पनि गुरु मानिन्छन् भने पिता, माता, मामा, ससुरा, मावली बाजे, जिजुबुबा, ब्राह्मण र काका गुरुकै कोटीमा पर्दछन्।
गुरुपूर्णिमाको शुभकामना ‘‘।।

 
Share:

Related Posts:

No comments:

Post a Comment

Today Rasifal

Date Convoter

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.